भालुले चिथोर्दै गरेकी महिलाको उद्धार

राजविराज, ३० फागुन । भालुको आक्रमणमा परी सप्तरीमा एक जना घाइते भएका छिन् । फत्तेपुर–९ गंगाजलकी ५५ वर्षीया नरमाया राउतलाई मंगलबार भालुले आक्रमण गरी घाइते बनाएको हो ।

घाँस काटन जंगल गएकी राउतलाई गाउँबाट करिब एक किलोमिटरको दूरीमा भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट ती महिलाको छाती चिरिएको र अवस्था चिन्ताजनक रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । घाइतेलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ ।
भालुले छातीमा चिथोर्दै गरेको अवस्थामा गाउँलेले उद्धार गरेको राउतका छोरा दिनेशले बताए । यसअघि पनि भालुको आक्रमणबाट फत्तेपुरका तीन व्यक्ति घाइते भएका थिए । आक्रमणकै कारण एक वर्षअघि एक महिलाको मृत्युसमेत भएको स्थानीय खगेन्द्र कार्कीले बताए ।

प्रतिक्रिया