अवरोध नभए सपथ बुधबारः अध्यक्ष महतो

Rajendra-Mahatoकाठमाडौं, २९ फागुन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कुनै अवरोध नआए भोलि बुधबारसम्म प्रधानन्यायाधीश खिलराज रेग्मीले प्रधानमन्त्रीको सपथ लिने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष महतोले दलहरुका बीच चुनावी सरकार बनाउन अधिकांश विषयमा सहमति भईसकेको बताए । ‘सबै विषयमा सहमति भईसकेको छ,’ उनले भने, ‘थप अवरोध नआए भोलि विहान प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको सपथ गराउन सकिन्छ ।’
उनले निर्वाचनबाट कुनै पनि दल डराउन नहुँने बताए । मुलुकमा चुनावी लहर देखिन सुरु गरेको उनको भनाई थियो ।
पृथ्वी नारायण शाहले मुलुकको भौगोलिक एकता गरे पनि भावनात्मक एकता गर्न नसकेकोले भन्दै अध्यक्ष महतोले विभेद कायम रहेकै कारण मधेसलाई दुख्दा कसैको पनि मन नदुख्ने गरेको दाबी गरे ।

प्रतिक्रिया