सकियो राजनीति

pabitra-17काठमाडौं : विजयपथबाट निर्देशनमा प्रवेश गरेका वसन्त निरौलाको निर्देशन रहेको निर्माणाधीन चलचित्र ‘राजनीति’को छायांकन सकिएको छ । आइतबार गीत तथा द्वन्द्वका अन्तिम दृश्यको छायांकनसँगै चलचित्र सकिएको हो । दीपक सुबेदी र दीपककुमार भट्टराईले संयुक्त रूपमा यसलाई निर्माण गरेका हुन् ।
बी एन्ड बी फिल्म्सको ब्यानरमा निर्मित यो चलचित्रमा राजेश हमाल, कोमल ओली, पवित्रा आचार्य, दीपक सुबेदी, हरि पन्त, सन्तोष लम्साललगायत कलाकारको प्रमुख भूमिका छ । राजनीति असल हुँदा केकस्ता उपलब्धि हासिल गर्न सकिन्छ र खराब हुँदाको परिणाम कस्तो निस्कन्छ आदि प्रसंगलाई चलचित्रको कथा बनाइएको छ ।
गायिका कोमल ओलीले पहलोपटक यसै चलचित्रमार्फत अभिनय पाइला बढाएकी हुन् । चलचित्रमा शिव ढकालको छायांकन र अष्ट महर्जनको द्वन्द्व समेटिएको छ । (सौस)

प्रतिक्रिया