‘एसएलसी परीक्षा बहिष्कार गछौं’

slcकाठमाडौं, २८ फागुन । आफ्ना माग पुरा नभए अस्थायी शिक्षक संघर्ष समितिले नजिकिदै गरेको प्रवेशिका परीक्षा एसएलसी बहिष्कारको चेतावनी दिएको छ ।
मिडिया इन्टरनेसनलमा पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरु विरुद्ध विभेदकारी नीति अपनाएकाले एसएलसीलाई पूर्ण असहयोग गर्ने बताए ।
समितिका उपाध्यक्ष रामचन्द्र अधिकारीले २०६३ साल पछिका शिक्षाकहरुलाई खुल्लाबाट स्वतः शिक्षक सेवामा आउन सरकारले गरेको आग्रह विभेदकारी रहेको बताए ।
समितिका महासचिव आशुतोष गिरीले २०६३ पछिका शिक्षकलाई खुल्लाबाट स्वतः नियुक्ति गर्ने भए त्यस अगाडिका शिक्षकलाई पनि सोही अनुसार नियुक्त गर्नुपर्ने बताए । विभेदकारी नीतिको अन्त्य नगरिए आफूहरु सडक आन्दोलनमा जान तैयार रहेको उनको भनाई छ ।

प्रतिक्रिया