आर्थिक रुपमा सबल बनाउन महिलाहरुको माग

Rolpa-Eakal-Mahilaरोल्पा, २८ फागुन २८ । राज्यले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने रोल्पाका द्वन्द्वपीडित एकल महिलाहरुले माग गरेका छन् ।
आर्थिक मामिलामा महिलाहरु पछाडि परेकाले सामाजिक, पारिवारिक, आर्थिक एवं व्यवहारिक रुपमै समस्यामा रुमल्लिनु परेको उनीहरुको भनाई छ । ‘एकल महिलाहरुले आर्थिक समस्याबाट महिलालाई मुक्त बनाउन राज्यले विशेष पहल गर्नुपर्छ,’ उनीको भनाई छ ।
महिला शक्ति विकास केन्द्र नेपाल काठमाडौंको सहयोग र मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र (हरप्लेस) रोल्पाको आयोजनामा सदरमुकाम लिवाङमा सञ्चालित पाँच दिने बाँसको ¥याक बनाउने तालिमका सहभागी द्वन्द्वपीडित एकल महिलाहरुले सो माग गरेका हुन् ।
उनीहरुले राज्यले महिलालाई आर्थिक रुपमा सक्षम बनाउने खालका योजनासहितका कार्यक्रम ग्रामीण क्षेत्रमा संचालन गर्न पनि माग गरेका छन् ।
मानवअधिकारका लागि द्वन्द्वपीडित एकल महिला सञ्जाल कोर्चाबाङकी अध्यक्ष मनकुमारी घर्तीले आफूहरुलाई सीपमूलक तालिमले आर्थिक रुपमा सहयोग पुगेको बताइन् ।
तालिममा लिवाङ, भावाङ, जंकोट, कोटगाउँ, कोर्चावाङ र घर्तीगाउँ गाविसका २० एकल महिला सहभागिता थियो ।

प्रतिक्रिया