दुई ट्रक भैँसी नियन्त्रणमा

बाजुरा, २८ फागुन । युवा संघ नेपालका कार्यकर्ताले बेतालमाडौं बजारबाट २ ट्रक भैँसी नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न गाविसबाट खरिद गरी धनगढी लैजाँदै गर्दा भैँसीसहितको ट्रकलाई संघले आइतबार नियन्त्रणमा लिएको हो । संघका जिल्ला सदस्य कृष्ण थापा नेतृत्वको टोलीले ना ३ ख ३८९७ र ना ३ ख ३७५२ नम्बरको ट्रकलाई करिब तीन घन्टा नियन्त्रणमा लिएर छाडेको थियो ।

व्यापारी जयबहादुर रेस्मीले अवैध रूपमा २ वटा ट्रकमा राखेर लैजाँदै गरेका १९ वटा भैँसी नियन्त्रणमा लिएको तीन घन्टापछि छाडेको थापाले बताए । ठेकेदारले उक्त कारोबार सञ्चालन नगर्ने प्रतिबद्धता गरेपछि छाडिएको संघले जनाएको छ । जिल्लाबाट ब्याउने उमेर नपुगेका र नब्याउने भैँसी खुलेआम निकास भइरहेका छन् ।

प्रतिक्रिया