यौन तथा प्रजननका लागि हस्ताक्षर संकलन

1चितवन, २७ फागुन । ‘मेरो शरीर मेरो अधिकार यौन तथा प्रजनन् अधिकार मेरो मानव अधिकार’ भन्ने नाराका साथ यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको संरक्षण माग गरेर चितवनको बाह्रघरेमा हस्ताक्षर अभियान चलाईएको छ ।

१०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एमनेष्टी इन्टरनेशनल केन्द्रीय कार्यक्रम अन्तर्गत नारायणी समूह–३३ ले हस्ताक्षर संकलन अभियान गरेको हो । भरतपुर नगरपालिका–४, बाह्रघरेमा आइतबार आयोजित कार्यक्रममा यौन तथा प्रजनन् संरक्षणका लागि नेपाल सरकारलाई लेखिएको अनुरोध पत्रमा हस्ताक्षर गराईएको थियो । पत्रमा प्रजनन् स्वास्थ्य अधिकारको माग गरिएको छ ।
पत्रमा स्थानीय समाज सेवी बोधनाथ गौतमले हस्ताक्षर कार्यक्रमको आरम्भ गरेका थिए । हस्ताक्षर कार्यक्रममा करिव तीन सय स्थानीय सहभागी भएको महेश पौडेलले जनाए ।

स्वास्थ्यको दृष्टिकोणले महिलाहरु अतिनै जोखिमपूर्ण अवस्थामा र विभेद, अपहेलना एवं हिंसाका कारण समस्यामा पर्ने गरे पछि सुरक्षाको माग सहित हस्ताक्षर अभियान चलाईएको कार्यक्रमका संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्थाका साथै विभिन्न संघ–संस्थाको सहभागिता थियो । सौस

प्रतिक्रिया