“सुमेरु सेवामूलक अस्पताल हो”

vharat-maharjanसुमेरु ग्रुप, नेपालद्वारा सञ्चालित सुमेरु अस्पताल धापाखेलको व्यवस्थापनमा सुमेरु सिटी अस्पताल सञ्चालनमा आएको छ । ललितपुरको ग्रामीण भेगका जनताको सुविधाका लागि सञ्चालनमा आएको सो अस्पतालले छोटो समयमै सर्वसाधारणको मन जित्न सफल भएको छ । त्यस्तै सहर केन्द्रित जनतालाई सुविधा दिनका लागि सुमेरु सिटी अस्पताल सञ्चालनमा आएको हो । गरिब, असहाय, उत्पीडित र दीनदु:खिका लागि नि:शुल्क स्वास्थ्य परामर्शको व्यवस्थाका साथै १० प्रतिशत कोटाको व्यवस्था गरेको छ । सुमेरु अस्पताल धापाखेलको व्यवस्थापनमा सञ्चालित सुमेरु सिटी अस्पताल, पुल्चोक ललितपुरको आयोजना तथा सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिको सहयोगमा तिनदिने नि:शुल्क स्वास्थ्य आयोजना गरी शनिबार सम्पन्न भएको छ । शिविरमा चार हजारभन्दा बढीले सेवा लिनुका साथै एक सय २५ जनाको जटिल अप्रेसनको समेत व्यवस्था गरेको छ । प्रस्तुत छ, हस्पिटलका बारेमा केन्द्रित रही सौर्यकर्मी काजी श्रेष्ठले गरेको कुराकानी ।

प्रतिस्पर्धी बजारमा सुमेरुको पहिचान के हो ?
स्वास्थ्य क्षेत्रमा विगत १० वर्षदेखि अनुभवी व्यवस्थापन समूद्वारा सञ्चालित सुमेरु अस्पताल अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले फरक रूपमा रहेको छ । आमसमुदायलाई सहज, सरल र उपयुक्त स्वास्थ्य संस्थाका रूपमा पहिचान दिन सफल हुनेमा हामी विश्वस्त छौँ । सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिने मुख्य उद्देश्य रहनुका साथै नाफामुखीभन्दा पनि सेवामुखीका रूपमा यस हस्पिटल रहेको छ ।
अस्पतालमा नेपालमै पहिलोपटक एन्टी भाइरस, एन्टी फंगल, प्रदूषण र कीटाण्मुक्त आधुनिक एवं अन्तर्रार्िष्ट्रय स्तरको सुविधा सम्पन्न तीनवटा मोडुलर अप्रेसन कक्षको व्यवस्था गरिएको छ । निजी स्तरमा पहिलोपटक हामीले मोडुलर अप्रेसन कक्षको व्यवस्था गरेका छौँ । आफ्नै स्वामित्वमा रहेको १५ रोपनी जग्गामा ६ वटा सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गरीरहेका छौँ । अस्पतालले गरिब, असहाय, उत्पीडित र दीनदु:खीका लागि नि:शुल्क स्वास्थ्य परामर्शको व्यवस्था गरेको छ । जसका लागि १० प्रतिशत कोटाको रूपमा छुट्याइएको महर्जनले बताए । एक सयभन्दा बढी चिकित्सकको नियमित तथा प्रत्यक्ष संलग्नतामा स्वास्थ्यसँग सम्बन्धित सेवा प्रदान गरिरहेका छौँ ।
सुमेरु सिटी अस्पताल सञ्चालनको उद्देश्य के हो ?
ललितपुरका दक्षिणी भेगका जनतालाई सुमेरु अस्पताल रहेको छ । सहर केन्द्रित जनताका सुविधाका लागि सुमेरु सिटी अस्पताल सञ्चालनमा ल्याएका हौँ । सहर केन्द्रित जनताका लागि सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले ५५ शय्याको हस्पिटल सञ्चालनमा ल्याएका हौँ । नाफामूलक नभई सेवामूलक संस्था हो । मध्यमवर्गका लागि सञ्चालनमा ल्याइएको यस अस्पताल अन्य निजी अस्पतालभन्दा सेवामा गुणस्तर र सस्तो पनि छ । नाफा कमाउनुभन्दा पनि सेवा पुर्‍याउनु पर्छ भन्ने हाम्रो मान्यता रहेकाले गुणस्तर र सस्तो सेवा दिनेमा हामी प्रतिबद्ध छौँ ।
नि:शुल्क शिविर आयोजनामा बिरामीको सहभागिता कस्तो पाउनुभयो ?
यस शिविरमा बिरामीको चाप अत्यधिक मात्रामा रहेको थियो । हामीले सोचेभन्दा पनि बढी मात्रामा बिरामीको सहभागिता पायौँ । यसले गर्दा हामी खुसी भएका छौँ । यस अघि सुमेरु अस्पतालले आयोजना गरेको शिविरमा पनि अत्यधिक मात्रामा रहेको थियो । तीन दिने शिविरको पहिलो दिन एक हजार दुई सय ७५, दोस्रो दिन एक हजार चार सय ६९ र तेस्रो दिन एक हजार दुई सय ८१ जनाको सहभागिता रहेको थियो । शिविरमा आउने बिरामीहरू मध्ये एक सय २५ जनाको नि:शुल्क जटिल अप्रेशनको समेत व्यवस्था गरेका छौँ । शिविरको लागि करिब एक सय ९० जना स्वयं सेवकको व्यवस्था गरिएको थियो । यस शिविरमा करिव एक सय ३० जना वरिष्ठ विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य जाँच एवं उपचार तथा परामर्श प्रदान गरिएको थियो ।
शिविरमा कुन–कुन सेवा प्रदान गरिएको थियो ?
शिविरमा पित्त थैलीको पत्थरी, मिर्गौला एवं पिसाब नलीको पत्थरी, ल्याप्रोस्कोपी तथा प्रोस्टेटको परीक्षण, जनरल मेडिकल तथा सर्जिकलसम्बन्धी स्वास्थ्य परीक्षण, बाल रोग, मिर्गौला रोग, उच्च रक्तचाप तथा मधुमेह रोग, हाड जोर्नी रोग, मुटुरोग, स्त्री तथा प्रसूति रोग, छाती रोग, दन्त रोग, नेफ्रोलोजी रोग, नाक, कान, घाँटी रोग , आँखा रोग , पिसाब तथा युरोलोजी , नसा रोग, छाला रोगलगायतको विस्तृत जाँच तथा परीक्षण गरिएको थियो । शिविरमा जाँच तथा परामर्श एवं ल्याब, एक्सरे, अल्ट्रा साउन्डलगायतको नि:शुल्क जाँच एवं चिकित्सकको परामर्श बमोजिम नि:शुल्क औषधिसमेतको व्यवस्था गरिएको थियो ।
सुमेरुले कस्तो सेवा प्रदान गरिरहेको छ ?
नेपालमा उपचार हुने सबैजसो सेवा यस हस्पिटलबाट पाउन सक्छन् । सम्पूर्ण रोगको एउटै छानामुनि सेवा पुर्‍याउने उद्देश्यअनुरूप हामीले सेवा दिँदै आएका छौँ । अस्पतालबाट मुटुरोग, छाती रोग, नाक, कान, घाँटी, पिसाब तथा युरोलोजी सेवा, क्यान्सर रोग, बाल रोग, हाड जोर्नी, दन्त रोग, आँखा, नसा, छाला रोगको सेवा उपलब्ध छन् । त्यस्तै उच्च रक्तचाप, मधुमेह, पित्त थैलीको पत्थरी, मिर्गौला एवं पिसाब नलीको पत्थरी, स्त्री तथा प्रसूति सेवाका साथै जनरल मेडिकल तथा सर्जिकल स्वास्थ्य परीक्षणसम्बन्धी सेवा रहेका छन् ।
अस्पतालको भावी योजना के छ ?
सुमेरु मेडिकल कलेज खोल्ने योजना छ । जसका लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको छ । जसमा विभिन्न विषयमा एक सयजना विद्यार्थीको सिट हुनेछ । त्यस्तै अस्पतालका लागि आवश्यक एम्बुलेन्स दुईवटा अपुग रहेकाले यसको खरिद प्रक्रियामा पनि रहेको छ । प्रत्येक महिना एकपटक नि:शुल्क स्वास्थ्यशिविर कार्यक्रमको आयोजना गर्दै लैजाने योजना छ ।

प्रतिक्रिया