नेविसंघ सिन्धुपाल्चोकमा लामा

nebishangसिन्धुपाल्चोक,  २६  फागनु । नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकको शनिबार सम्पन्न जिल्ला अधिवेशनले अध्यक्षमा दावा ग्याल्वो लामासहित २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले नवीन श्रेष्ठलाई उपाध्यक्षमा, निरजकुमार श्रेष्ठ सचिव र कोषाध्यक्षमा बालसुन्दर कटुवाललाई निर्विरोध चयन गरेको हो ।
नेविसंघको महाधिवेशन अनिश्चित भईरहेका बेला विभिन्न जिल्लामा अधिवेशन सम्पन्न हुँदै आएका छन् । अहिलेसम्म करिव दुई दर्जन जिल्लाका अधिवेशन सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया