यौनरोगबारे खुल्न थाले मधेसी महिला

बाँके, २६ फागुन । चेतनाको विकाससँगै बाँके जिल्लाका मधेसी महिलाहरू आफ्नो पाठेघर तथा यौनसम्बन्धी रोग र समस्याबारे खुल्न थालेका छन् । गाउँ–गाउँमा छलफल र जनचेतनाका कार्यक्रम सुरु भएपछि उनीहरू हिजोआज आफ्नो समस्या स्वास्थ्य चौकीमा पुगी खुलेर राख्न थालेपछि वर्षौंदेखि समस्याबाट थलिएकाले उपचार पाएका छन् ।

बाँके शमशेरगन्ज—५ चौधरिया टोलकी मीना आचार्यले स्वास्थ्य चौकीमा पुगेर आफ्नो समस्या खुलस्त रूपमा राखेपछि वर्षौंदेखि पाठेघर खस्ने समस्याबाट मुक्त भएकी छन् । मीनाले गाउँकै महिला समूहमा आबद्ध भएर पाठेघर खस्ने तथा यौन समस्यासम्बन्धी छलफल गर्ने र समस्याको समाधान निकाल्ने अनि स्थानीय स्वास्थ्य चौकीमा पुगेर आफ्ना र आफूजस्तै मधेसी महिलाका समस्या खुलस्त राख्नसक्ने अभियानको समेत सुरु गरेकी छन् । गाउँमा बालविवाह नगर्न, पाठेघर, यौन र गर्भवतीका समस्याबारे छलफल गर्न र अप्ठेरो परे स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा जान सुझाव दिने गरेको उनी बताउँछिन् ।

प्रतिक्रिया