‘सुकृत’ बजारमा

sukritकाठमाडौं : प्राज्ञ शान्तिराम राईको संगीत तथा कमल खनालको शब्द रहेको गीति एल्बम ‘सुकृत’ बजारमा आएको छ । उक्त एल्बमलाई बिन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
राजधानीमा बिहीबार चलचित्रकर्मी एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले ‘सुकृत’को विमोचन गरेका थिए । संगीतकार बुलु मुकारुङ र गीतकार रमेश पौडेलले एल्बमको समीक्षा गरेका थिए । एल्बममा अञ्जु पन्त, दीपक लिम्बू, शिव परियार, विश्व नेपाली, मनिला सोताङ, मिलन अमात्यले स्वर दिएका छन् ।
विमोचनमा अञ्जु पन्तको स्वरमा रहेको ‘म हारे, म हारे’ बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । संगीतकार राईको यो बीसौँ एकल एल्बम हो भने गीतकार खनालको पहिलो एकल एल्बम हो । आफू लामो समयदेखि लेखनमा लागिपरेको भए पनि आर्थिक पक्षका कारण एल्बम निकाल्न ढिलाइ भएको खनालले बताए । (सौस)

प्रतिक्रिया