दाङमा करेन्ट लागेर मृत्यु

दाङ, २५ फागुन । दाङ जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
सोनपुर–५, कौडियामा बोरिङ गाड्दै गरेको अवस्थामा बिहीबार दिउँसो एक बजे अचानक करेन्ट लागेर २० वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बोरिङको पाईपले विजुलीको मुख्य लाईन छुदा चौधरीसहित तीन जनालाई करेन्ट लागेको हो ।
घाईते चारै जनालाई उपचारका लागि लमही लैजाने क्रममा चौधरीको बाटोमै मृत्यु भएको थियो । करेन्ट लागेर गम्भीर घाईते तीन जनाको लमहीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया