चट्याङ लागेर तीन जनाको मृत्यु

chtyangकाभ्रे, २५ फागुन । काभ्रे र ओखलढुंगा जिल्लामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
काभ्रे जिल्लामा बिहीबार बेलुका परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । च्याम्राङबेशी गाबिसमा चट्याङमा परेर स्थानीय ४५ वर्षीया सरस्वती दाहाल र २२ वर्षीय कोण स्याङतानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याम्राङबेशी–२ कि १८ वर्षीया सुरक्षा दाहालसहित ५ जना घाइते भएका छन् । सुरक्षालाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको छ । चट्याङबाट २ गोरु, २ बाख्रा र २ भैंसी समेत मरेका छन् ।
उता, ओखलढुंगामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । खिजी फलाटे–६ का वीरमान तामाङ्गकि छोरी १० वर्षीया निर्मला तामाङको मृत्यु भएको हो । स्कुलबाट घरतर्फ फर्कदै गरेकि उनलाई बिहीबार बेलुका बाटोमा चट्याङ्ग लागेको थियो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया