गागा माछा हेरेर मन बहलाउँछिन्


Gaga
लन्डन : हलिउड गायिकाका मन बहलाउने तरिका आआफ्नै छन् । कोही शान्त ठाउँमा एक्लै बसेर मनबहलाउन मन पराउँछन् भने कोही समुन्द्री किनारमा प्रेमीका साथमा डेटिङमा रमाउँदै । तर, यो मामलामा अन्य भन्दा भिन्न देखिएकी छन् गायिका लेडी गागा । उनी आफ्नो मन बहलाउन माछाले भरिएको नयाँ र नौलो एक्वेरियम किन्ने गरेकी छन् । भर्खर मात्र कुहिनोको सर्जरी गरेकी कारण होम रेस्टमा रहेकी गागाले उक्त रेस्टको समय माछाहरूको चाल हेरेर बिताउने सोचाइमा छिन् ।
२८ वर्षीया गायिका गागाले विशेष गरेर जापानी माछाहरू रहेको एक्वेरियम कलेक्सन गरेकी छन् । ती कलेक्सन गरेका एक्वेरियमहरू उनले आफू सुत्ने बिछ्यौनानजिकै राखेकी छन् । ती एक्वेरियमका माछाहरू हेरेर आफ्नो मन बहलाउँदै आफू छिटो तन्दुरुस्त हुने चाहना गागामा छ ।
माछा पाल्नु आफ्नो सपना भएकाले टिमको एक सदस्यलाई बोलाएर माछाले भरिएको एक्वेरियम किन्न लगाएर घरमा राखेको हो गागाले भनिन् । एक्वेरियमका माछाका संघर्ष हेरेर मेरो आधा रोग निको हुन्छ । उक्त एक्वेरियमका लागि गागाले ४० हजार पाउन्ड अमेरिकी डलर खर्च गरेकी एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया