हलिउड इभेन्टका लागि नेपाली दूत

santosh-Shahकाठमाडौं : आगामी जुनमा अमेरिकामा हुन गइरहेको ‘अल्बाकर्की फिल्म तथा सञ्चार महोत्सव’ (एएफएमई)मा नेपालको पनि सहभागिता रहने भएको छ । उक्त महोत्सवका लागि नेपाली नागरिक सन्तोष शाह अन्तर्राष्ट्रिय दूत नियुक्त भएका छन् ।
महोत्सव आगामी जुन ३ देखि ९ तारिखसम्म अमेरिकाको न्युमेक्सिको राज्यमा पर्ने अल्बाकर्कीमा हुँदै छ । यसलाई हलिउडका प्रख्यात अभिनेता रोवर्ट रेडफर्डले घोषणा गरिसकेका छन् भने हलिउडका अन्य कलाकार जोडिने क्रम जारी छ । महोत्सवमा हलिउड र एसियाका फिल्म तथा अनुभवहरू आदानप्रदान हुनेछन् । महोत्सवका अवसरमा विज्ञहरूबीच बृहत् रूपमा बौद्धिक छलफलसमेत हुनेछ । यसमा फिल्म सँगसँगै कला, संगीत तथा मनोरञ्जन क्षेत्रका सिर्जनात्मक उपलब्धिलाई बाहिर ल्याइनेछ ।
सन् २०१४ को एएफएमई भने एसिया केन्द्रित हुने भएको छ । महोत्सव एसियन र हलिउड फिल्मलाई एक अर्कासँग जोड्ने महत्त्वपूर्ण अवसर हुने विश्वास गरिएको छ । यसको एसिया पार्टनर टुडेज युथ एसिया तोकिएको छ । यो उपलब्धिले नेपाललाई एसिया र हलिउडमार्फत विश्वभरि नै सकारात्मक पहिचान दिलाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास शाहले व्यक्त गरे । (सौस)

प्रतिक्रिया