क्षतिपूर्ति दिए उद्योग खोल्छौ : व्यवसायी

bandaकाठमाडौं, २४ फागुन । उद्योगी व्यवसायीले सरकारले बन्दका बेला हुने तोडफोडको उचित क्षतिपूर्ति दिने प्रतिवद्धता जनाए आफूहरु बन्दका समयमा पनि उद्योग सञ्चालन गर्न तयार रहेको बताएका छन् ।
मिडिया इन्टरनेशनलले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीहरुले रहरले नभई डरले उद्योग बन्द गर्नु परेको गुनासो गरे । ‘सरकारले सुरक्षा दिए जस्तो सुकै बन्दका समयमा पनि उद्योग सञ्चालन गर्न तैयार छौं,’ उनीहरुले प्रतिवद्धता जनाए ।
बन्द गर्नेले बन्द गर्न पाए जस्तै बन्दका समयमा उद्योग सञ्चालन गर्न चाहानेले पनि स्वतन्त्र भएर उद्योग सञ्चालन गर्न पाउनुपर्ने उनीहरको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका दिनेश श्रेष्ठले उद्योगी व्यवसायीलाई काम गरेर खाने वातावराण नभएको बताए ।
राष्ट्रिय व्यपार संघका अध्यक्ष रमेश चन्द्र श्रेष्ठले २४ सै घण्टा काम गरेर देशको विकास गर्नुपर्ने समयमा आफूहरुले २ घण्टा पनि काम गर्न नपाएको बताए ।
पुस्तक व्यवसायी रामदेव पाण्डेले बन्दको प्रतिकार गर्नु पर्ने बताए । उनले बन्दकर्ताले सर्वसाधारणका अधिकारका सम्बन्धमा पनि ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया