रौतहटमा व्यापारी जयसवालको हत्या

Hatya 2रौतहट, २४ फागुन । रौतहट जिल्लामा एक व्यवसायीको आफ्नै कारखानामा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
बुधबार राती अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा ५५ वर्षीय जगरनाथ प्रसाद जयसवालको शव आफ्नै चामल मिलमा झुण्डिएको अवस्थामा फेला परेको हो । तीन जनाको लगानी रहेको चामल मिलमा लगानीकर्ताहरुबीच बुधबार साँझ लेनदेनको बिषयमा चर्काचर्की भएको मृतक व्यबसायीका परिवारले जनाएको छ । खुट्टाले सजिलै भुई छोएको र आत्महत्या गर्नुपर्ने कुनै पनि कारण नभएको भन्दै मृतकका परिवारले व्यावसायीक साझेदारबाटै हत्या गरिएको दावी गरेका छन् । पीडित परिवारले घटनाको सत्यतथ्य   छानबिन गरी दोषीलाई कारवाहीको माग गरेको छ ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेपनि घटनाको प्रकृति हेर्दा हत्या गरेर झुण्ड्याइएको हुन सक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया