बन्द फिर्तासँगै जनजीवन सामान्य

Nepal-Bandaकाठमाडौं, २३ फागुन । नेकपा–माओवादीसहित साना दलहरु सम्बद्ध संघीय जनगणतान्त्रिक मोर्चाले आह्वान गरेको नेपाल बन्द फिता भएलगत्तै मुलुक भरिका जनजीवन सामान्य तर्फ उन्मुख भएको छ ।
साँझ पाँच बजे बन्द फिर्ता भए पछि बन्द रहेका बजार, पसल खुलेका हुन् । अवरुद्ध सवारी साधन पनि आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् । बजारहरुमा चहल–पहल पनि बढेको छ ।
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने चार राजनीतिक शक्तिको सहमति विरुद्ध नेकपा–माओवादी नेतृत्वको मोर्चाले नेपाल बन्द आह्वान गरेको हो ।
छिटफुट घटना बाहेक बन्द शान्ति पूर्ण भएको नेकपा–माओवादीको दाबी छ । नेकपा–माओवादीले बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यावाद समेत दिएको छ । (फाईल तस्विर)

प्रतिक्रिया