चुनावलाई मात्रै प्रधानन्यायाधीश छनौट

kp-olisगोरखा, २३ फागुन । एमालेका नेता केपी ओलीले मुलुकलाई निकास दिने अन्तिम विकल्पका रुपमा प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको दोहराएका छन् ।
गोरखाको मनकामनामा आज सञ्चारकर्मीसँग कुरागर्दै नेता ओलीले चुनावी गराउन मात्रै प्रधानन्यायाधीश खिलराज रेग्मीलाई छनौट गरेर सरकारको नेतृत्व दिन लागेको बताए । उनले भने, ‘प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउँदैमा शक्ति पृथकीकरण समाप्त हुँदैन ।’
उनले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बने पनि जेठ भित्रै निर्वाचन हुनेमा आंशका व्यक्त गरे । जेठमा चुनाव हुन नसके कतिक वा मंसिर सम्म गराउन सकिने ओलीले उल्लेख गरे ।
उनले एमाओवादीको सत्ता टिकाउने खेल र बेइमानीका कारण दलहरुका बीच सहमति हुन नसकेको बताए । उनले भने, ‘एमाओवादी र मधेसी मोर्चाका कारण प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने सहमति कार्यान्वयन हुन ढिलाई भएको छ ।’

प्रतिक्रिया