जापान मेला हुने

काठमाडौं : जापानका शिक्षा, कला, संस्कृति र जीवनशैलीको आदानप्रदान गर्ने उद्देश्यले आगामी १६ र १७ चैतमा जापान फेयर २०१३ हुने भएको छ । जापानीज कलेजका प्रति निधिका साथै प्रतिष्ठित व्यक्तिको सहभागीमा नेपालमा पहिलोपटक फेयर हुन लागेको हो ।

नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट कमिटीको आयोजनामा हुन लागेको फेयरमा जापानका २० कलेजका साथै नेपालका कलेजहरू सहभागी हुने कमिटीका अध्यक्ष टंकलाल घिसिङले बताए । ‘जापानीको शिक्षा, कला, संस्कृति र विकासक्रम लगायतबारे जानकारी दिनका लागि जापान फेयर आयोजना गर्न लागेका हौँ’ उनले भने । फेयरमा जापानीज शिक्षासँगै रोजगारीका अवसरबारे पनि प्रत्यक्ष जानकारी पाउन सकिने आयोजकले जनाएको छ । राष्ट्रिय सभा गृहमा हुने फेयरमा १० हजारभन्दा बढी स्वदेशी तथा विदेशी सहभागी हुने फेयरका मुख्य संयोजक जितराम लामाले बताए ।

प्रतिक्रिया