राँगोको आक्रमणबाट मृत्यु

राजविराज, २३ फागुन । एक साताअघि छाडा राँगोको आक्रमणबाट घाइते भएका वृद्धको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । लौनियाका ६५ वर्षीय अधिकारी मण्डलको उपचारका क्रममा मृत्यु भएको हो ।

मण्डललाई १७ फागुनमा छाडा छाडिएको राँगोले हानेर घाइते बनाएको थियो । सामान्य घाइते ठानेर स्थानीय क्लिनिकमै उपचार गराइरहेका पिताको अवस्था चिन्ताजनक बन्दै गएपछि २० फागुनमा राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको मृतकका छोरा जयरामले बताए । उपचारकै क्रममा मण्डलको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता कुशबहादुर थापाले बताए ।

प्रतिक्रिया