‘पागल प्रेमी’ बिराटको आन्द्रा बाहिर…..

hatya 1ललितपुर, २२ फागुन । ललितपुर जिल्लामा प्रेमिकालाई चक्कु प्रहार गरेर बिराट भुजेलले आफूलाई पनि चक्कु प्रहार गरेका छन् ।
बालकुमारीमा डेरा बस्दै आएका काभ्रेका १८ बर्षीय बिराटले १६ वर्षीया मसिना महर्जनलाई सोमबार चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाईते अवस्थामा रहेका बिराटलाई आमाले फेला पारेर उपचारका लागि पाटन अस्पतालमा लगेकी थिईन् ।
आन्तरिक विवाद भए पछि प्रेमी बिराटले प्रेमिका मसिनाको छातीमा धारिलो चक्कु प्रहार गरेका थिए ।
प्रेमिका मसिनालाई चक्कु प्रहार गरे लगत्तै बिराटले आफ्नो पेटमा चक्कु प्रहार गरेका हुन् । चक्कु लागेर बिराटको आन्द्रा बाहिर निस्केको थियो ।
उता, झापामा घरयासी विवादमा झगडा हुँदा आ–आफ्नै शरीरमा मट्टीतेल खन्याई आगो लगाउँदा दुई जना घाईते भएका छन् ।
दमक नगरपालिका–१२ बस्ने ३० बर्षीय सिन्धुली मल्लीक र उनकी २८ बर्षीया श्रीमती जिल्ला मल्लीक घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार राती दुवै जनाले आ–आफ्नो शरीरमा मट्टितेल खन्याई आगो लगाएका थिए ।

प्रतिक्रिया