पारसका लागि दीप प्रज्ज्वलन

चरिकोट : राप्रपा नेपाल निकट दोलखाका युवाले पूर्वयुवराज पारस शाहको स्वास्थ्य लाभको कामना गरेका छन् । राप्रपा नेपाल दोलखाका युवाले प्रसिद्ध भीमेश्वर मन्दिरमा  एक सय एक दीप प्रज्वलन गरी शाहको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । दीप प्रज्वलन गर्नुअघि युवाहरूले सदरमुकाम चरिकोटबाट मोटरसाइकल र्‍यालीसमेत गरेका थिए ।
दोलखा भीमेश्वर पसिना आउने देवताका रूपमा प्रख्यात हुनुका साथै भीमेश्वरको शिलाको दायाँपट्टि पसिना आएमा राजपरिवारमा अनिष्ट हुने किंवदन्ती रहँदै आएको छ । पूर्वराजा ज्ञानेन्द्रले सत्ता छाड्नुअगाडि पनि दोलखा भीमेश्वरको शिलामा पसिना आएको थियो ।

प्रतिक्रिया