शक्ति पृथकीकरणमा समस्या आउँदैनः देउवा

Sher bahadur Deuba 1सुनसरी, २१ फागुन । कांग्रेसका नेता शेरवहादुर देउवाले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा शक्तिपृथकीकरणमा समस्या नआउने दावी गरेका छन् ।
सुनसरीको ईटहरीमा आज पत्रकारसँग कुरा गर्दै नेता देउवाले चुनावका लागि मात्र प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन हुने भएकाले शक्ति पृथकीकरणमा समस्या नआउने बताए । ‘शक्ति पृथकीकरणमा समस्या आउँदैन,’ उनले भने, ‘प्रधानन्यायाधीशकै नेतृत्वमा सरकार बने पछि के को शक्ति पृथकीकरणमा समस्या ?’
प्रधानमन्त्री बाबुराम भट्टराई पनि प्रधानन्यायाधीशलाई स्वीकार गर्न बाध्य भएको बताएका उनले राजनीतिक दलहरुका बीच सहमति भए प्रधानन्यायाधीशलाई अविश्वास गर्न नहुँने उल्लेख गरे । उनले जेठमा संविधानसभाको चुनाव गर्न नसकिए असार या असोजमा पनि गर्न सकिने बताए ।
नेता देउवाले पार्टी भित्र केन्द्रदेखि स्थानीय स्तरसम्म विवाद कायमै रहेको स्वीकार गरे । ‘पार्टी भित्र सामन्य विवाद हुनु स्वभाविक हो,’ उनले भने । पार्टी भित्रको विवाद मिलाउने विषयमा नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया