अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभाव जमाउँदै नेपाली कुङ्फू

Sunil-Shakyaकाठमाडौं : नेपाल कुङ्फू संघका अध्यक्ष सुनील शाक्यले आगामी विश्व च्याम्पियनसिपमा नेपालले केही समय पछि नै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको बताएका छन् । अध्यक्ष शाक्यले सौर्यसँगको अनलाइन कुराकानीमा गत वर्षभन्दा आगामी वर्ष नेपाली कुङ्फू अझ माथिल्लो उचाइमा पुग्ने सम्भावना रहेको बताए । जनवरीमा भएको विश्व च्याम्पियनसिपमा नेपाली कुङ्फू टोलीले ६ स्वर्ण र ६ रजत र दुई कांस्य पदक जित्दै ऐतिहासिक सफलता पाएको थियो । हङकङमा भएको प्रतियोगिताको सफलता पछि नेपाली टोली आगामी अक्टोबरमा अजरबैजानको बाकुमा हुने अर्को विश्व च्याम्पियनसिपमा केन्द्रित रहेको शाक्यले बताए । २०१३ मै नेपालले मलेसियामा र बुल्गेरियामा आयोजना हुने च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन दाबी शाक्यले गरेका छन् ।
मार्सल आर्टमा विद्यावारिधि गरेका पहिलो नेपाली सुनील नेपाली कुङफू जन्मदाता मानिन्छन् । अमेरिकामा रहेर मार्सल आर्टमा केन्द्रित सुनील नर्थ अमेरिकन कुङ्फू महासंघका अध्यक्ष तथा विश्व ट्रेडिसनल कुङ्फू महासंघका उपाध्यक्ष हुन् । उनी पाँचौँ डुवाङ हुन् ।
नेपालमा सन् २००५ मा कुङ्फू क्लबका रूपमा दर्ता भए पनि ०६९ मा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको हो । त्यस पछि २०१२ को प्रेmब्रुअरीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय जुनियर तथा सिनियर कुङ्फू च्याम्पियनसिपको आयोजना गरेको थियो । (सौस)

प्रतिक्रिया