प्रेमिकामाथि शुक्रकीट चोरीको आरोप

Sukranuएक अमेरिकीले पूर्वप्रेमिकामाथि आफ्नो शुक्रकीट चोरी गरेको आरोप लगाएका छन् ।

लेन हार्डिन नामका ती व्यक्तिले गर्भवती हुने प्रयोजनका लागि पूर्वप्रेमिकाले आफ्नो शुक्रकीट चोरी गरेको आरोप लगाउँदै उनलाई त्यो शुक्रकीट उपलब्ध गराउने क्लिनिकमाथि उजुरी गर्ने तयारी गरेका छन् । उनका अनुसार टेक्सास एन्ड्रोलोजी सर्भिसले उनको अनुमतिबेगर प्रेमिकालाई शुक्रकीट राखिएको सिसी दिएको थियो । यद्यपि यस मामिलामा अहिलेसम्म क्लिनिकले कुनै धारणा सार्वजनिक गरेको छैन । प्रेमिका टीबी देवलले सो फर्टिलिटी क्लिनिकमा गर्भाधान गर्न सो शुक्रकीट प्रयोग गरेको हार्डिनका वकिलले बताए ।
अहिले देवलले जन्माएको बच्चा दुई वर्ष पुगिसकेको छ र कानुनी आधारमा उसको पालनपोषणमा हार्डिनले पनि पैसा दिनुपर्ने हुन सक्छ । एक स्थानीय टेलिभिजन च्यानलमा उनले दुखेसो पोखे– ‘यस्तो थाहा पाउँदा म झसंङै भएँ, धुरुधुरु रुन मन लाग्यो ।’ त्यसो त अमेरिकामा यो यस्तो पहिलो केस होइन । सन् २०११ मा जो प्रिसिल नामक युवाले पनि पूर्वप्रेमिका र फर्टिलिटी क्लिनिकमाथि यस्तै आरोप लगाई मुद्दा हालेका थिए । प्रेमिकाले उनको अनुमतिबेगर शुक्राणु लिएर गर्भाधान गरेको प्रति उनको आपत्ति थियो । (एजेन्सी)

प्रतिक्रिया