अभिभावकद्धारा शैक्षिक संस्था बन्दप्रति आपत्ती

काठमाडौं, २० फागुन । पूर्व सूचना विना अकस्मात नीजि विद्यालयहरु बन्द गरेको भन्दै विद्यालय सञ्चालकप्रति अभिभावकहरुले विरोध जनाएका छन् ।
नेपाल राष्ट्रिय अभिभावक संघले आज एक विज्ञप्ती जारी गर्दै विद्यालय क्षेत्रमा हुने बन्दको विरोध गर्नुपर्ने निकायले नै विद्यालय बन्द गरेर आचारसंहिता उल्लघंन गरेको आरोप लगाएको छ । “शिक्षालाई ब्यापारीकरण गरेको अभियोग खेपिरहेका संस्थागत विद्यालयहरु आफ्नो स्वार्थ पूर्ति नभए जुनसुकै बखत विद्यालय बन्द गरेर अभिभावक र विद्यार्थीहरुलाई धोका दिन सक्ने हुँदा निजी क्षेत्रबाट सतर्क हुनुपर्ने सन्देश अहिलेको बन्दबाट प्रवाहित भएको छ ।” विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमार्फत अभिभावक संघले बन्दबाट समस्याको समाधान खोज्नु उचित नहुने हुँदा वार्ताद्वारा समस्या समाधान गर्न संस्थागत विद्यालयका छाता संगठनहरुलाई आग्रह गरेको छ । साथै अभिभावक संघले शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने प्रतिवद्धता जनाएपनि विभिन्न राजनीतिक पार्टीले समय समयमा शैक्षिक क्षेत्रमाथि आक्रमण गर्नु निन्दनीय भएको भएको उल्लेख गरेको छ ।
केहि दिन अघि एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले एक नीजि कलेजको गाडीमाथि आगजनी गरेको विरोधमा आज देशभरका नीजि शैक्षिक संस्थाहरु बन्द गरिएका थिए ।

प्रतिक्रिया