‘विद्यालय शान्ति क्षेत्र’को अपमानः संघ

school1काठमाडौं, २० फागुन । नेपाल राष्ट्रिय अभिभावक संघले संस्थागत विद्यालय सञ्चालकहरुद्वारा गरिएको विद्यालय बन्द आह्वानबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष धर्मदत्त देबकोटाले आज विज्ञप्ति जारी गरेर पूर्वसूचना विनानै विद्यालय बन्द गरेको भन्दै आपत्ति जनाए । ‘कुनै पनि कारण दर्शाई कुनै पनि संस्थाले विद्यालय बन्द गरेमा संस्थागत विद्यालयहरुले जोडदार विरोध गर्नु पर्नेमा बालबालिकाको शिक्षाप्रति जिम्मेवार निकाय नै बन्दमा उत्रिनु गैह्रजिम्मेवार कार्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
स्वयं विद्यालय सञ्चालकहरुले विद्यालय बन्द आह्वान गरेर ‘विद्यालय शान्ति क्षेत्र’को अपमान गरेको संघले आरोप लगाएको छ ।

प्रतिक्रिया