स्वास्थ्यमा राष्ट्रपतिले राजनीति गरेः महतो

Rajendra-Mahatoराजविराज, २० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोले मुलुकमा ५ हजार स्वास्थ्यकर्मीको दरवन्दी खाली रहेपनि पदपूर्तिका लागि विज्ञापन गर्न नसकिएको गुनासो गरेका छन् ।
उनले राष्ट्रपति डा.रामवरण यादवले स्वास्थ्य सम्बन्धि अध्यादेशमा राजनीति गरेका कारण पदपूर्ति गर्न नसिकिएको दाबी गरे । सगरमाथा अन्चल अस्पताल राजविराजमा आज वहिरंग विभाग भवनको शिलान्यास पछि मन्त्री महतोले राष्ट्रपति डा.यादवले स्वास्थ्य क्षेत्रसंग राजनीति गरेको आरोप लगाएका हुन् ।
‘मुलकमा हाल ५ हजार स्वास्थ्यकर्मीको दरवन्दी रिक्त छ, तर ऐन संशोधनका लागि पठाएको अध्यादेशमा राष्ट्रपतिले राजनीति गर्दा स्वीकृत हुन सकेको छैन’ मन्त्री महतोले भने ।
उनले जनताको मौलिक अधिकारलाई वुझेर स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न राष्ट्रपतिलाई आग्रह गरे । स्वास्थ्य सम्बन्धि अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिदा पदपूर्ति गर्न नसकिएको उनको गुनासो थियो ।

प्रतिक्रिया