सप्तकोशीको बाँधमा शव

saptakoshiराजविराज, २० फागुन । सप्तकोशी नदीको पुलमा अड्कीएको अवस्थामा आज विहान अन्दाजी २५ वर्षका एक युवकको वेवारीसे शव फेला परेको छ ।
स्थानीयले दिएको जानकारीका आधारमा शवलाई सप्तरी प्रहरीले नदीबाट निकालेको हो ।
भारदह गाविस वडा नम्वर १ स्थित पुलको ३७ र ३८ नम्वर ढोकाको विचमा शव अडकिएको देखे पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागि सगरमाथा अञ्चल अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
३/४ दिन अघिनै हत्या गरेर नदीमा फ्याकिएको हुन सक्ने शवको प्रकृतिले देखाएको प्रहरी भनाई छ । शवको अनुहार र हातखुट्टा माछाले खाईसकेको छ ।

प्रतिक्रिया