सञ्चालकहरुनै विद्यालय बन्दमा उत्रिए

School 1काठमाडौं, २० फागुन । निजी विद्यालय सञ्चालकहरुको संगठन एसोसिएसन अफ प्राइभेट इन्स्टिच्युसन अफ नेपालले आह्वान गरेको विद्यालय बन्दका कारण लाखौं विद्यार्थी पठन पाठनबाट बञ्चीत भएका छन् ।
एसोसिएसनले आज देशभरिका शैक्षिक संस्था बन्द गराएको छ । एमाओवादीनिकट अखिल क्रान्तिकारीले निजी विद्यालयमा आफ्नो संगठन विस्तार गर्न पाउनुपर्ने भन्दै भौतिक आक्रममा उत्रिए पछि विरोधमा उत्रिनु परेको एसोसिएसनको भनाई छ ।
एसोसिएसनले भौतिक आक्रमणमा उत्रिएका सत्तारुढ एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई कारबाही र क्षतिपूर्तीको माग गरेका छन् ।
संगठन खोल्न नदिएको विरोधमा अखिल क्रान्तिकारीका विद्यार्थीले बिहीबार नयाँ बानेश्वरस्थित गोल्डेनगेट कलेजको स्कूल बसमा आगजनी गरेर क्षति पुराई दिएका थिए ।
यता, निजी विद्यालय सञ्चालहरुको बन्द विरुद्ध अखिल क्रान्तिकारीले भोलि सोमबार विद्यालय बन्दको घोषणा गरेको छ ।
विद्यालय बन्द हुँदा मुलुकभरिका करीव २० हजार निजी शैक्षिक संस्थामा अध्ययनरत ७५ लाख विद्यार्थीको प्रभावित भएका छन् ।
बन्दले चैत १ देखि सञ्चालन हुने एसएलसी परीक्षाको तयारी र निजी विद्यालयका परीक्षा समेत प्रभावित भएका छन् ।
सरकारले बनाएको नीतिअनुसार कक्षा १२ सम्म कुनै पनि किसिमको युनियन विद्यालय वा कलेजमा खोल्न मिल्दैन ।

प्रतिक्रिया