सुसाइड नोट

Suresh-Pranjali‘आई एम सिल्भर एन्ड एक्ज्याक्ट्/आई ह्याब नो प्रिकन्सेप्सन्स् ..।’
एकाबिहानै सिल्भियाको कविता याद आयो । होइन, होइन ऊ स्वयं आई विचार र दर्शनको हुर्कंदो यौवन अनि भर्खर नुहाएको चिसो कपाल बोकेर । सँगै जस्टिन गार्डरकी पात्र सोफी पनि थिई ।
उनीहरू गएपछि मलाई आत्महत्या गर्ने विचार आयो † पटकपटक आउँछ । सोचेँ, आज त यो मर्ने विचारलाई मर्न दिनुभएन त्यसै । साँच्चै केका लागि यो विचार, यो दर्शन ? संसार बदल्नका लागि ? जोख्छ मेरो मस्तिष्क वैचारिक तराजुमा राखेर शंकर र नित्सेलाई । अनि, किर्केगार्ड, हेगल, फुकुयामा, कार्ल पोल्यानी, सामुअल हन्टिङटनलाई । वेदान्त दर्शन र सांख्य दर्शनबीच के अन्तर छ ? के हन्टिङटनको ‘क्ल्यास अफ सिभिलाइजेसन’ पढेर सक्दा मेरो जीवन पनि क्ल्यास हुन्छ अब ? अथवा फ्रान्सिस फुकुयामाको ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’सँगै म भित्रको विचारको कर्नालीको गन्तव्य अन्त्य हुन्छ † एउटा बेग्लै द्वन्द्व जन्मियो । मलाई थाहा छैन, द्वन्द्ववादको कुन तहसम्म त्यो द्वन्द्व पुग्छ । मेरा अभिव्यक्तिका बाँझा गह्राहरूले सोच्छन्, के यी विचारको मलिलो फाँटमा अटाएको छु म ? विचार वा दर्शनको एक मात्र मौलिक प्रश्न के हो ? के म उत्तर खोज्न सकुँला ? यो जस्टिन गार्डरकी पात्र सोफीको देश होइन । र, सोफी मेरी प्रेमिका पनि होइन ।
किन–किन पंक्तिहरू बदलिदिन्छन् । यो जीवन त के रहेछ र आखिर ? खोइ, यसको मूल्य ? म अल्बर्ट कामु होइन । तर, पनि जीवनको सार र मूल्य खोइ ? थाहा छैन । हामीले जीवनलाई के सोचेका हुन्छौँ के भइदिन्छ । कसरी जिउन खोजेका हुन्छौँ, कसरी जिउनुपर्छ । कामुको सिसिफस † विचरा, के उसले जीवनको अर्थ खोज्नलाई आफ्नो जीवनका प्लाज्मालाई डिलिट पनि गरिदिन सकेन । एउटा विदु्रप ढुंगो अग्लो पहाडको टुप्पोमा पुर्‍याउनु मात्र उसको जीवनको सार हुनसक्ला ? जान्दिनँ । सिसिफसले आत्महत्या किन गरेनन् ? के उसलाई आफ्नो अस्तित्वबारे ज्ञात थियो ? ‘कन्क्लुडिङ अनसाइन्टिफिक पोस्टस्क्रिप्ट टु फिलोसोफिकल फ््रयागमेन्टस्’ भित्र सोरेन किर्केगार्डका अस्तित्वका ससाना टुक्रा भेट्छु । आखिर जीवनसँगका ‘फन्डामेन्टल कन्ट्राडिक्सन’ के हुन् ? नित्से के भन्छ, एकछिन है †
अँ, अस्ति नित्सेलाई न्युरोडको पीपलबोटमुन्तिर भेटेको थिएँ । उसले चुरोट सल्कायो । एक सर्को के तान्न भ्याएको थियो पुलिस आएर भ्यानमा कोचिहाल्यो । सार्वजनिक ठाउँमा चुरोट पिएको आरोपमा । हाम्रा थुप्रै नित्से पुलिसको हिरासतमा छन् । मिसेल फुकोले एकदिन अनायासै भनेको थियो, नित्से त ‘गे’ हो, तर होइन रै’छ । ‘गे’ त त्यही मोरो फुको पो रै’छ । ‘हिस्ट्री अफ सेक्सुआलिटी’ दिएको थियो आफ्नो हस्ताक्षर गरेर । अनि चार हरफ केही लेखेको पनि थियो । फ्रेन्च भाषा भएर हो कि, बुझिनँ लेखेका कुरा त । सायद, उसले लेखेको थियो होला, ‘जस्टिन गार्डरकी सोफी त तरुनी भइछे, तँलाई खोज्दै आएकी छ नेपाल ।’ मैले सोचेँ, होइन यो मोरो फुकोले सोफी मेरी प्रेमिका हो भन्ने ठान्दो कि के हो ? हुन त धेरैपटक ऊ र म ठमेलका कफीसपमा कफी खाँदै नारिएर हिँडेको देखेको थियो । के नारिएर हिँड्दैमा प्रेमिका भई, ऊ अब मेरी ? बास्टार्ड फुको † छुट्ने बेला बाइ कहिल्यै भन्दैन, जहिल्यै भन्छ, ‘फक् यु †’ ‘म्याडनेस एन्ड सिभिलाइजेन’ कसरी लेखिस् हँ ? यसरी नै लेखिस् त होला ।
सोचेँ, आत्महत्या गर्न ठिक्क परेको मान्छे मचाहिँ किन लेखिरहेछु हँ † अब बन्द गर्छु लेख्न † फेरि, शंकरलाई भेटेको याद आयो । अघिल्लो हप्ता असनको गल्लीमा नित्सेलाई खोज्दै थियो ऊ । भन्थ्यो, हाम्रा नेता साधुरामले बाराक ओबामासँग असनको गल्लीमा भेटेका थिए रे । शंकरले सुझाएछ, लौ साधुराम देश कसरी चलाउने भनेर सोधिहाल यी बाराक ओबामासित । धन्य, ड्याङ दिएनछन् । अब त ड्याङ..डुङङ्ग छोडियो ओबामा कमरेड पो भने रे साधुरामले । माओले भनेझैँ बन्दुकको बलमा सत्ता कतिन्जेल टिक्छ ? हुन त ‘मान्छेको त जातै हिंस्रक ।’ नित्सेले ‘विल टु पावर’मा त्यही त भन्छ । राज्यले जनतालाई पावरको एकहिस्सा ठानेको हुन्छ होला कि हुन्न होला ? अर्को जन्ममा सोध्नुपर्ला ओबामा र नित्से दुवैलाई सँगै राखेर ।
होइन हौ, यो नित्से किन लेखिटोपल्छ † सोफीलाई पाए आफ्नै प्रेमिका बनाउँछु भन्थ्यो एकदिन । होइन, के सारो पात्तिएका यी बूढाहरू † किन लेख्छ ऊ ? अभिव्यक्तिमा निखार ल्याउन या, भावनाको पहेलिका खडा गर्न । कि, वैचारिक आतंक मच्चाउन ? अनि म किन लेख्छु ? शंकरलाई सोध्नुपर्ला । पर्सि त सँगै जाँड खाने प्लान छ । भूपी र भीमदर्शन रोकालाई पनि सँगै ल्याउँछु भन्थ्यो । खुब जम्ने भो महेफिल † साँच्चै, कुमार नगरकोटी पनि आउँछु भन्थ्यो । नगरकोटी यस युगको एक मात्र अराजक र मेरो प्रिय लेखक हो † के म लेखकीय अराजकता मन पराउँछु ? सोफी त्यही त भन्थी । ओहो † अघिल्लो महिना हाम्रो यस्तै एउटा अराजक महेफिल जमेको थियो— नारायण ढकाल, गोविन्द वर्तमान, सुरेश ढकाल, शार्दूल भुट्टराई.. बीच । त्यो दिन मेरो मृत्यु उत्सव थिएन † म जिउँदै थिएँ । पर्सि त मेरो ‘डेथ सेलिब्रेसन’ । म मर्दै गरेको उपलक्ष्यमा पार्टी † उफ †† सुरेश दाइ, नारायण दाइ, गोविन्द दाइलाई डाक्न सकिनँ मैले । माफ पाउँm † किनभने उनीहरूले मलाई पक्कै यति कलिलै उमेरमा सुसाइड नगर् भन्ने छन् । र, मैले सुसाइड नगर्न सक्ने छैन । त्यसैले मेरा अराजक निम्तालु हुनेछन् : अल्बर्ट कामु, फुको, नगरकोटी, शंकर, नित्से, इमिली डिकिन्सन, सिल्भिया, मार्खेज, फुकुयामा ..। अनि, एकदुई जना आर्यघाटका चिहानबाट जल्दै गरेका मान्छे † त्यसपछि त के चाहियो र † अँ, सोफीलाई पनि डाक्नुपर्ला । रेड वाइनबाट सुरु गर्छे मोरी, अन्तिममा त ह्विस्की नै चाहिन्छ ।
अन्तत: भेट्टाउँछु, हराएका वस्तुबीच शंकर लामिछाने । र, नित्सेका उपर उठेका निभ्र्रान्ति भावभंगीमाहरू । जानेर वा, नजानेर लेख्दिनँ पनि, केही मैले । तर, यो अलेखाइको एउटा पाटो हो जो अनरियालिटिज्म्को पुट खोतल्ने क्रियामा उद्यत छु । एकदिन शंकर सोध्थ्यो, ‘लेखेर बाँच्न किन सक्दिनँ म ?’
मेरी प्रेमिकाका मुटुका च्याम्बरहरू हुँदै शंकरजस्तै ‘म’हरू या, यो पनि, युगजस्तै शंकरहरूका करोडौं आरबिसि हुत्तिरहेछन् । रेड वाइन भएर । अथवा, डिएनएको असर रहिरहेछ अद्यापि । कम्प्युटरको किबोर्ड सपना देख्न पुग्छ अनायास † शंकरजस्तै विचारको पहाड । या भूपीजस्तै आशाको नदी । र, लाग्छ, म चालिरहेछु पाइला जुन अभीशप्त छ आफैँमा, कि कुनै अविचारको कलेवरभित्र छिपेको निर्जीव वस्तु हँु म । अथवा, यसो पनि — विचार निर्माणको प्रोसेसमा (या भनौं रियाक्सनमा) कसैले उत्प्रेरकको रूपमा गरिरहेछ, कार्य । देशमाजस्तै । अस्ति साधुरामले त्यही त भने । होइन, यो देश कता गइरहेछ ? विचारले किन डोर्‍याइरहेको छैन देश ? होइन म सुसाइड गर्न लागेको मान्छेलाई पनि किन देशको चिन्ता † यो देशले पनि मैले जस्तै सुसाइड त गर्दैन होला नि † भो, नगरोस् †
देश चल्न केमिकल प्रोसेस या रियाक्सन नै हुनुपर्छ र ? देश चल्ने त वैचारिक रियाक्सन या प्रक्रियाले हो † मेरा निराश्रित कलमहरूउपर उर्लिएका सम्मोहनमा सोफीलाई अक्षरहरूभरि खोपेर हिँड्ने ईप्साहरू छन् । होइन, मैले यो के लेखिरहेछु भन्या † एपिग्राफ हो र ? अटोबायोग्राफी हो र भन्या † यो त सुसाइड नोट पो त । साँच्चै यो सुसाइड नोट पत्रिकामा छापियो भने † लौ बर्बादै पो हुन्छ । लेखेर सक्नेबित्तिकै मरिहाल्नुपर्छ मैले । नत्र पुलिस आएर बचायो भने † होइन, मलाई के भइरहेछ यो ? के मलाई जोन रल्सको ‘भेल अफ इग्नोऱ्यान्स’ले गम्लङ्ङ छोपेको हो र † के मैले मार्था नुसबमलाई सम्झिरहेको छु र †
यतिबेला, देशको राजनीतिमा निर्माण भएका छैनन् विचार र दर्शनका कलभर्टहरू । शंकर र नित्सेका प्लाज्माद्वारा । मस्तिष्कका डल्लाद्वारा । अमत्र्य सेनका ‘द आइडिया अफ जस्टिस’ वहने भेसल र आर्टरीद्वारा । यतिबेला एउटा अराजक विचारको धार समातेर बेग्लै मृत्यु बाँचिरहेछु म— एउटा विरोधाभाषपूर्ण मृत्यु । जुन मृत्युवरण भर्खरै गरेको छु मैले † (प्रिय पाठक, पढिसकेर शंकर, डेरिडा र नित्सेलाई आर्यघाटमा जाऊ भनेर खबर गरिदिनुहोला । डिस्क्लेमर : लेट अस सपोज, दिस इज अ पोस्टमोर्डन सुसाइड नोट रिटन बाइ अ डेड अथर ।)

प्रतिक्रिया