काठमाडौं र काभ्रेमा लुटपाट

काठमाडौं, १८ फागुन । काठमाडौं र काभ्रेमा अज्ञात समूहले लाखौंको धनमाल लुटपाट गरेको छ ।
काठमाडौंमा बिहीबार दिउसै मोटरसाईकलमा आएका दुई युवकले शारदा श्रेष्ठको गलाको सुनको सिक्री लुटेर फरार भएका छन् ।
नम्वर नखुलेको मोटरसाईकलबाट आएका लुटेराले काठमाडौं महानगरपालिका–१६ बस्ने शारदाको गलामा लगाएको २ तोलाको सुनको सिक्री लुटेर भागेको प्रहरीले जनाएको छ ।
उता, काभ्रेमा हतियार देखाएर अपरिचित समूहले लुटपाट गरेको छ ।
देवभूमि बालुवा–९ का भाईकान्छा लामाको घरमा खुकुरी सहित आएका ५–६ जनाको अपरिचित नकावधारी समूहले बिहीबार राती लुटपाट गरेको हो ।
रेलीङ्गबाट घरभित्र प्रवेश गरी उनीहरुले टेलिभिजन, टेलीफोन सेट, तीन तोला सुनका गरगहना र मोवाईल समेत गरी झण्डै २ लाख ४० हजार बराबरको लुटपाट गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया