कञ्चनपुरमा बालिकाको सामूहिक बलात्कार

Balatkarकाठमाडौं, १८ फागुन । कञ्चनपुर र कपिलबस्तुमा स्थानीय युवाले दुई बालिकालाई बलात्कार गरेका छन् । कञ्चनपुरमा तीन जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।
कञ्चनपुर जिल्लामा १५ बर्षीया बालिका रमा आर्चाय (नाम परिवर्तन)लाई बलात्कार गरेको अभियोगमा राईकवार बिचवा–५ का तीन जना युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा २० वर्षीय सियाराम राना, २१ बर्षीय कल्लो भन्ने विजय सिंह राना र रामदास राना रहेका छन् ।
उनीहरुले बिहीबार
राती एघार बजे सोही ठाँउ बस्ने रमालाई बलात्कार गरेका हुन् ।
बलात्कारको सूचना पाउने वित्तिकै खटिएको इलाका प्रहरी कार्यालय राईकवारको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पीडित बालिका रमालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगर पठाईएको छ ।
यता, कपिलबस्तुमा पनि सात बर्षीय बालिका नम्रता नेपाली (नाम परिवर्तन)को बलात्कार भएको छ ।
कोपुवा–८, लक्ष्मणघाट बस्ने नम्रतालाई सोही ठाउँ बस्ने १८ वर्षीय माधब नेपालीले आज साढे ८ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया