फागुन–२२ सम्म सहमति खोज्न सकारात्मक

Rastapati-Bhawan-n-Office

काठमाडौं, १८ फागुन । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रक्रिया र संविधान संशोधनलगायतका विषयमा छिट्ट सहमति हुने प्रमुख चार राजनीतिक शक्तिले दाबी गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको दलका शीर्ष नेताहरुको बैठकमा विवादित विषयमा छलफल भएपनि सहमति हुन भने सकेन । यद्यपि नेताहरुले फागुन–२२ गते भित्रै दलहरुबीच सहमति हुने दाबी गरे । बैठकमा राष्ट्रपति डा.रामवरण यादवका साथै एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता थियो ।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै एमाओवादीका नेता कृष्णबहादर महराले छलफल सकारात्मक रहेको जानकारी दिए । ‘फागुन–२२ गतेभित्र दलहरुबीच सहमति जुट्छ,’ उनले भने ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले छलफल सकरात्मक भएपनि एमाओवादीप्रति विश्वास गर्ने आधार तयार भइनसकेको बताए ।
प्रधानन्याधीशको नेतृत्वमा सरकार बनाउन सहमत भएपनि दलहरुबीच नागरिकता, मतदाता नामावली, सेना समायोजन अन्तर्गत लडाकूको दर्जा निर्धारण, सत्य निरुपण तथा मेलमिलाम आयोग गठनलगाएतका विषयमा विवाद कायमै छ ।
यसै अघि, प्रमुख चार शक्तिको बैठक बालुवाटारमा बसेको थियो । बालुवाटारको छलफल पछि उनीहरु राष्ट्रपति डा.यादवसँग परामर्श गर्न शीतल निवास पुगेका हुन् ।

प्रतिक्रिया