पारसको अवस्थामा सुधार जारी

Paras-Shahaकाठमाडौं : बैंकको अस्पतालमा उपचाररत पूर्वयुवराज पारसको स्वास्थ्यमा सामान्य सुधार आएको छ । हृदयाघातका कारण अचेत भई बैंकको समितिवेज अस्पतालमा उपचाररत पारसको मुटुको धड्कन र रक्तचाप नियन्त्रणमा आइरहेको छ भने हातगोडाको मांसपेशी स्वस्फूर्त रूपमा चल्न थालेका छन् ।
अस्पतालद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार उनको अवस्था अझै नाजुक र स्थिर भए पनि मुटुको धड्कन र रक्तचाप नियन्त्रणमा रहेको छ । ‘भेन्टिलेटरमा राखेर उपचार भइरहेका शाहको हातगोडाको मांसपेशी स्वस्फूर्त रूपमा चल्न थालेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिअनुसार पारसको अझै होस भने खुल्न सकेको छैन । अवस्था अझै सुधार भएमा एमआरआई गरेर मुटुको अरू उपचार गर्ने चिकित्सकहरूको तयारी छ ।
७ फागुनदेखि हृदयाघातका कारण अस्पताल भर्ना गरिएका पारसलाई भेट्न उनका बुबा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पारसपत्नी हिमानीसहित परिवारका अन्य सदस्य बैंककमै रहेका छन् । (सौस)

प्रतिक्रिया