अल्काको नि:शुल्क स्वास्थ्यशिविर

Alka-Hospitalकाठमाडौं : अल्का अस्पताल प्रालिको आयोजनामा नसा तथा मानसिक रोगसम्बन्धी चार दिने नि:शुल्क स्वास्थ्यशिविर आयोजना भएको छ । नि:शुल्क शिविरमा दुई दिनमै ६ सय ७५ जनाको नि:शुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।

बुधबारदेखि सुरु भएको सो शिविर शनिबारसम्म सञ्चालन हुने अस्पतालले बतायो । अल्काको अनुसार सिविरमा ब्रेन ट्युमर, हेड इन्जुरी, टाउकोमा पानी जम्ने, नसा च्यापिएको, ब्रेन ह्याम्रेज, प्यारालाइसिस, माइग्रेन, डिप्रेसन तथा मानसिक रोगलगायका रोगको नि:शुल्क उपचार गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार शिविरमा उपचार गरिएका बिरामीलाई एक महिनासम्मको लागि नि:शुल्क औषधि वितरण, नसासम्बन्धी आवश्यक सबै एक्सरे तथा प्रयोगशाला परीक्षणसमेत नि:शुल्क रूपमा गरिएको छ । शिविरमा युवा/युवती, वृद्ध/वृद्धाहरूको उल्लेख्य सहभागिता रहेको छ । (सौस)

प्रतिक्रिया