आगो लगाएर बाबुको हत्या

Rolpa Districtरोल्पा, १७ फागुन । सामान्य विवादमा आज विहान रोल्पा जिल्लामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।
दुवीडाँडा–३, वाईजा निवासी ४५ वर्षीय दलबहादुर घर्तीलाई उनकै छोरा २२ वर्षीय हीरामणि घर्तीले आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य विवाद भए पछि हीरामणिले बाबु दलबहादुरलाई घरमै थुनेर आगो लगाएका थिए । थुनिएका दलबहादुरको छोराले घरमा लगाएको आगोका कारण जलेर मृत्यु भएको हो ।
आगोका कारण एक जना मिछेकीको घर पनि जलेको छ । आगो लगाउने हीरामणि फरार छन् ।

प्रतिक्रिया