‘प्रधानन्यायधीशको विकल्प नखोजौं’

Sher Bd Deuba 1कैलाली, १७ फागुन । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले चाँडै निर्वाचन गराउनु पर्ने भएकाले प्रधानन्यायाधीशको विकल्प नखोज्न आग्रह गरेका छन् ।
प्रेस यूनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले जेठ भित्रै निष्पक्ष निर्वाचन गर्नु पर्ने बाध्यता भएको बताए । उनले प्रधानन्यायाधीशको बिकल्प खोज्न नहुनेमा जोड समेत दिए ।
‘प्रधानन्यायाधीशको विषयमा कांग्रेस भित्रै पनि विवाद छ,’ उनले भने, ‘केही साथीहरुले कार्यपालिका र न्यायपालिकाको प्रमुख एउटै हुँदा शक्ति पृथकीकरणमा समस्या आउन सक्छ भनेर चिन्ता ब्यक्त गरेका हुन् ।’
नेता देउवाले प्रधानन्यायाधीश माथि शंका नगर्न समेत आग्रह गरे ।

प्रतिक्रिया