महाकाली नदीमा नयाँ पुल बन्ने

कैलाली, १७ फागुन । नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले महाकाली नदीमा नयाँ पुल निर्माण गर्न छिट्टै प्रक्रिया थालिने बताएका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग आज भएको छलफलमा जयन्तले उपर्युक्त ठाउँ छनौट गरी अविलम्व पुल निर्माणको कार्य थालिने बताए । पुल निर्माणका लागि सम्भावित स्थानहरुको समेत निरीक्षण गरेका राजदूत सिंहले भने, ‘दुबै देशका प्राविधिक टोलीहरु खटाएर छिट्टै आवश्यक प्रक्रिया अघि बढाईने छ ।’
भारतीय पक्षले सीमित समय मात्र खुलाउने गरेको शादरा व्यारेजलाई चौविसै घण्टा खुल्ला राख्न वाणिज्य संघका पदाधिकारीहरुले गरेको आग्रहमा राजदूत जयन्तले माग पुरा गर्न आफूले प्रक्रिया थाल्ने आश्वासन दिए ।
सीमा क्षेत्रमा हुने विभिन्न किसिमका समस्या समाधानका लागि दुई देशका पदाधिकारीहरु बीच समन्वय गरेर अघि बढ्नु पर्नेमा राजदूतको जोड थियो ।

प्रतिक्रिया