नेविसंघको महाधिवेशन गराउन माग

nepal student uniyanकाठमाडौं, १७ फागुन । नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गराउन माग गरेर केही नेता तथा कार्यकर्ताले कांग्रेस सभापति सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका छन् ।
आज विहान महाराजगञ्ज पुगेका नेविसंघका केही नेताहरुले तत्काल महाधिवेशनको मिति घोषणा गर्न माग गरेका हुन् । नेविसंघको महाधिवेशन बैशाख महिना भित्र तोक्न उनीहरुको दवाव छ ।
आन्तरिक विवादका कारण नेविसंघको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको थियो ।
सभापति कोइरालाले पार्टीमा छलफल गरेर महाधिवेशनको टुंगो लगाउने आश्वासन दिएको नेविसंघका नेता पुष्प शाहीले जानकारी दिए । केही नेताहरुले वर्तमान अध्यक्ष रञ्जीत कर्णलाई हटाएर अर्को कार्यसमिति बनाउन माग गर्दै पनि आएका छन् ।

प्रतिक्रिया