कैदीलाई विरगंज पठाईयो

karagarउदयपुर, १६ फागुन । जिल्ला कारगार उदयपुरमा रहेका पाँच कैदीलाई विरगञ्ज कारागार पठाईएको छ ।
कारागार भित्र हुनसक्ने झडपलाई मध्यनजर गरी कारागार प्रशासनले विभिन्न अभियोगमा सजाय भुक्तान गर्दै आएका पाँच कैदीहरुलाई आज विरगंज पठाएको हो । एकसाता अघि कारागारको नाईके छान्ने बिषयमा बिबाद उत्पन्न भई दोहोरो झडप भएको थियो । कारागारभित्र कैदीहरुबीच फेरी झडपको स्थिति बन्दै गएपछि कैदी शम्भु बिक, युवराज बुढाथोकी, शम्शेरबहादुर केप्छाकी मगर, काईला भनिने बंमबहादुर लिम्बु र शेरबहादुर लिम्बुलाई विरगंज पठाइएको कारागार प्रमुख खगेन्द्र तामाङ्गले जनाए ।

प्रतिक्रिया