संघर्षरत नै छु– एनी

Anne-Hathawayलस एन्जलस : ८५औँ ओस्कार अवार्डमा अभिनेत्री एनी ह्याथवे ले सह–अभिनेत्रीको अवार्ड हात पार्न सफल भएकी छन् । तैपनि, उनी आफूलाई संघर्षरत अभिनेत्रीको सूचीबाट बाहिर निकाल्न चाहन्नन् । म संघर्षरत अभिनेत्री हँु उनले पुरस्कार पछि भनेकी छन् । आफू अभिनयको त्यो उचाइमा पुग्न बाँकी रहेकोले आफूलाई अझै संघर्षरत भन्न रुचाउँछु ।
एनी भर्खर मात्र ३० वर्षकी पुगिन् । ओस्कार पुरस्कार जित्न सफल भएको कारणले कतिले यो सफल स्थापित अभिनेत्री होलिन् भन्ने मलाई सोचेका होलान् तर म अझै पनि संघर्ष गर्दै छु र अझै पनि संघर्ष गर्न चाहान्छु उनले भनिन् ।
अहिले आफू हरेक समय अब गर्ने कामको बारेमा सोच्ने गरेको छु । एनीले भनिन्, ‘मलाई पुरस्कार लिनेबेला अवार्ड समारोहमा मञ्चमै अब संघर्षरत अभिनेत्री भन्ने की नभन्ने भनेर सोधिएको थियो’ । मैले तपाईंलाई धन्यवाद मेरो वास्तविकता सम्झाउनु भयो भनेर भने । (एजेन्सी)

प्रतिक्रिया