प्रदर्शकको भेला आज

काठमाडौं : देशभर छरिएर रहेका चलचित्र प्रदर्शकहरू चितवनको सौराहामा आज भेला हुने भएका छन् । नेपाल चलचित्र संघको ४१औँ साधारणसभा सम्पन्न गर्न उनीहरू सो ठाउँमा भेला हुन लागेका हुन् । चलचित्र उद्योगको वर्तमान अवस्था, चलचित्र नचल्नुको कारणहरू एवं चलचित्र विकास बोर्डले चलचित्र र चलचित्र प्रदर्शन घरका लागि लागू गर्न खोजेको ताजा मापदण्डका विषय भेलामा छलफल हुने चलचित्र संघले जनाएको छ । कार्यक्रममा संघले कलाकर्मीलाई विभिन्न सम्मानबाट सम्मानित पनि गर्ने भएको छ । (सौस)

प्रतिक्रिया