विद्यार्थीलाई कलाकारको साथ

ललितपुर : क्रेसेन्ट एकेडेमी इंग्लिस स्कुलका विद्यार्थीले कलाकारका साथ पाएका छन् । उनीहरूले स्कुलको १८औँ वार्षिक उत्सवमा कलाकारका साथ पाएका हुन् । मंगलबार विद्यालय प्रांग्रणमा आयोजित कार्यक्रममा उनीहरूलाई हास्य कलाकार विष्णुभक्त फुयाल, नायक सिमान्त उदास, निर्माता संगीतकार दीपक रमण, नृत्य निर्देशक श्यामबहादुर मोक्तान, रामशरण महत र कमला कार्की, तथा रंग पत्रकार डिपी साहले साथ दिएका हुन् ।
कार्यक्रममा विद्यार्थीको हौसला बढाउन आफूहरू कार्यक्रममा सहभागी भएको हास्यकलाकार विष्णुभक्त फुयालले बताए । कार्यक्रममा विद्यार्थीले आफूमा रहेको विभिन्न ट्यालेन्टसमेत प्रस्तुत गरे । ‘कार्यक्रममा ‘क्रेसन्ट ट्यालेन्ट अफ द इयर’ कक्षा नौ मा अध्ययनरत सुजन तामाङ चयन भए भने सुप्रिया सुब्वा फस्ट रनर अफ र रोशनी विष्ट ‘सेकेन्ड रनर अफ’ भएकी छन् । यसैगरी पोसाक रोमिका लामा, अभिनय सरिता लामा, गायन स्मृति दाहाल, नृत्य अनुपमा केसी र मतदानको आधारमा सर्वाधिक लोकप्रिय टाइटल सुमित बिसुंखेले प्राप्त गरे । त्यस्तै जुनियर समूहबाट उत्कृष्ट नृत्य प्रस्तुत गरेर छोरङ लामा ( कक्षा ४ ) ‘क्रेसन्ट डान्सिङ साइनिङ स्टार’ बन्न सफल भइन् भने रस्सो लामा ‘फस्ट रनर अफ’ र प्रतिक्षा लामा ‘सेकेन्ड रनर अप ’ भइन् । कक्षा नौ की पूर्णिमा राई ‘वेस्ट स्टुडेन्ट अफ द इयर’ र स्मारिका थापा मगर ‘असाधारण प्रतिभा’ बन्न सफल भइन् । विद्यार्थीलाई अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा समेत दक्ष बनाई उनीहरूमा आत्मविश्वास बढाउने उद्देश्यले प्रतिस्पर्धा आयोजना गरिएको प्रिन्सिपल गोविन्द पुरीले बताए ।

प्रतिक्रिया