सैनिक प्रतिष्ठानमा प्रधानमन्त्री

भक्तपुर : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मंगलबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रतिष्ठानको अवलोकन भ्रमण गरेका छन् ।
मंगलबार बिहान नौ बजे प्रतिष्ठान आइपुगेका प्रधानमन्त्री डा. भट्टराईले सेनामा समायोजन भई तालिम लिइरहेका तत्कालीन लडाकुको बारेमा जानकारी लिएका थिए । तालिम अवलोकनका क्रममा प्रधानमन्त्रीले सैनिक बस्ने आवास, कार्यकक्ष, हतियार कक्षको निरीक्षणसमेत गरेका थिए । अवलोकन टोलीमा अर्थमन्त्री वर्षमान पुन, प्रधानसेनापति गौरव शमशेर राणालगायत सहभागी थिए । (सौस)

प्रतिक्रिया