उपराष्ट्रपतिलाई गुनासै–गुनासा

Prmananda-jhaराजविराज, १६ फागुन । उपराष्ट्रपति परमानन्द झालाई आफ्नो जन्मथलो सप्तरीको मौवाहाका बासिन्दाले गुनासै–गुनासा सुनाएका छन् । स्थानीय बासिन्दाले जन्मथलो आएका उपराष्ट्रपति झासमक्ष मंगलबार गाउँमा विकास नभएको, विकास बजेटमा भ्रष्टाचार भएको, बाटोघाटोको असुविधा रहेकोलगायत अनेकौँ समस्या सुनाएका हुन् ।

वर्षौंदेखि टुकी र मैनबत्तीको सहारामा रहेको पुख्र्यौली गाउँमा विद्युत्को उद्घाटन गर्न पुगेका उपराष्ट्रपतिसमक्ष गाउँलेले खुसी व्यक्त गर्नुको सट्टा १७ घन्टे लोडसेडिङको समस्याप्रति ध्यानाकर्षण गराएका थिए । विद्युत् चोरीका कारण राष्ट्रिय तालिकाभन्दा पाँच घन्टा बढी लोडसेडिङ भोगिरहेका सप्तरीका बासिन्दाले भैँm आफूहरू पनि विद्युत् सुविधाबाट वञ्चित हुनुपर्ने विषयमा उनीहरूले चिन्ता जाहेर गरेका थिए ।
वर्षौंदेखि सुनसान रहेको आफ्नो घरको आँगनमा बिहान करिब सात बजेदेखि पौने घन्टा बिताएका झाले गाउँलेको गुनासो सुनेपछि विद्युत् चोरीका कारण लोडसेडिङ बढेको सम्झाउँदै मिटर जडान गरेर मात्र विद्युत् प्रयोग गर्न सुझाएका थिए । छलफलका क्रममा झालाई युवाहरूले विद्युत्का पोल ठाउँठाउँमा बांगो गरी गाडिएको, तार लत्रेकै अवस्थामा छोडिएको, गाविसमा विकासका काम गर्दा सचिवले स्थानीयसँग छलफलै नगरी काम गर्ने गरेको गुनासा पनि सुनाएका थिए ।
गुनासो सुन्दै गर्दा झाले विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख शम्भु कुसियैत यादवलाई सचेत गराउँदै थिए ।

प्रतिक्रिया