आइएमई सप्ताह सम्पन्न

imeकाठमाडौं : इन्टरनेसनल मनी एक्सप्रेश (आइएमई)ले ८ देखि १४ फागुनसम्मको सप्ताहलाई ‘सेवाग्राही विशेष सप्ताह’ का रूपमा मनाएको छ ।
यो अवधिभर मुलुकभरका आइएमई सेन्टर, आइएमईका निजी क्षेत्रका एजेन्ट, सव एजेन्ट, व्यावसायिक साझेदारी गरिरहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा आइएमईका आºनै कार्यालयमा समेत आइएमई गर्ने जो–कोही सेवाग्राहीले विभिन्न उपहार प्राप्त गरेका छन् ।
रेमिट्यान्स भनेकै आइएमई भन्ने छापलाई अझ उचाइमा पुर्‍याउन, सुरक्षित, स्तरीय र सरल माध्यमबाट रकम पठाउन आइएमईको सेवा प्रयोग गराँै भन्ने भनाइलाई अझ घनीभूत बनाउन सहयोग पुर्‍याएको आइएमईले जनाएको छ । आºनो स्थापनाकालदेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहँुचसम्म पुर्‍याउन प्रतिबद्धअनुरूप कम्पनीले ७५ जिल्लाका २ हजार १ सयभन्दा बढी शाखा/सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ ।

प्रतिक्रिया