यो प्रश्न नेताहरुलाई गर्नुस् : उपराष्ट्रपति

paramanandराजविराज, १४ फागुन । उपराष्ट्रपति परमान्द झाले चुनावी सरकारको नेतृत्व स्वीकार गर्ने प्रधानन्यायाधीश खिलराज रेग्मीको निर्णय स्वागत योग्य रहेको टिप्पणी गरेका छन् ।
राजविराजमा आज सञ्चारकर्मीसंग कुरागर्दै उपराष्ट्रपति झाले प्रधान्यायाधीशको नेतृत्वको चुनावी सरकारले जेठमै निर्वाचन गराउने वातावरण तयार हुने दावी गरे ।
लामो समयसम्म सरकारको नेतृत्वका बारेमा मौन रहँदै आएका प्रधानन्यायाधीश रेग्मीले विज्ञप्ति मार्फत नेतृत्व लिन तयार रहेको बताएका थिए ।
‘अब बन्ने चुनावी सरकारलाई सबै दलले सहयोग गर्नुपर्छ,’ उनले भने ।
विदेशीको ईशारामा प्रधानन्यायाशी रेग्मीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरिएको आरोप छ नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उपराष्ट्रपति झा भने, ‘यो प्रश्न नेताहरुलाई गर्नुस् ।’

प्रतिक्रिया