चार शक्तिद्वारा रेग्मीको स्वागत

4 dal ka netaकाठमाडौं, १४ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीले चुनावी सरकारको नेतृत्व गर्ने सम्बन्धमा दिएको वक्तव्यको प्रमुख चार राजनीतिक शक्तिले स्वागत गरेका छन् ।
राजधानीमा आज बसेको प्रमुख चार राजनीतिक शक्तिको बैठकले रेग्मीको वक्तव्यको स्वागत गर्दै बाधा अडकाउ फुकाउनेलगायतका विषयलाई टुंगोमा पुराउन कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
कार्यदलले अन्तिम मस्यौदा तयार गरेपछि सरकारले बाधा फुकाउन राष्ट्रपतिलाई आग्रह गर्ने छ । बाधा अड्काउ फुकाउ गर्ने दलहरुको निर्णय पछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन, संविधान सभाको नयाँ निर्वाचन, मतदाताको उमेरलगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने छ ।

प्रतिक्रिया